नेपाल ल्युब आयलको लाभांश घोषणा, साधारणसभा असोज २८ गते हुने

नेपाल ल्युब आयलले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको असोज ४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

ads

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले असोज २८ गते वार्षिक साधारणसभा डाकेको छ । सभा ललितपुरको पुल्चोकस्थित याक प्यालेसमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ।

सभाले कम्पनीको अधिकृत एवं जारी पुँजी ५ करोड रुपैयाँ थप वृद्धि गरी १० अर्ब करोड कायम गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

सभा प्रयोजनका लागि कम्पनीले असोज १४ गतेदेखि असोज २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। असोज १३ गतेसम्म कायम सेयरधनीहरु मात्रै उक्त लाभांश पाउन र सभा प्रतिनिधित्व गर्न पाउनेछन् ।

Visa Travels