nepse

काठमाण्डौ । असोज महिनाको पहिलो सातादेखि शुक्रबार हुँदौ आएको सेयर कारोबार नहुने भएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)को सञ्चालक समितिको बैठकले असोज पहिलो सातादेखि शुक्रबार हुँदै आएको सेयर कारोबार बन्द गर्ने निर्णय गरेको हो ।

हाल आइतबारदेखि शुक्रबारसम्म सेयर कारोबार भइरहेको छ। शुक्रबारका दिन भने २ घन्टामत्रै सेयर कारोबार हुने गरेको छ।

सरकारले जेठ १ गतेदेखि शनिबार र आइतबार पनि सार्वजनिक विदा दिने निर्णय गरेसँगै आइतबार हुने कारोबारलाई पूर्ती गर्नका लागि नेप्सेले जेठ ६ गते शुक्रबार देखि कारोबार शुरु गरिएको थियो ।

पछिल्लो समय शुक्रबारको कारोबार बन्द गर्न माग गर्दै लगानीकर्ताका साथै विभिन्न लगानीकर्ताका संगठनहरुले ज्ञापनपत्र पनि बुझाएका थिए। उनीहरुले अन्तर्राष्ट्रिय बजारमा सेयर कारोबार ५ दिनमात्रै हुने भएकोले नेपालमा सोही व्यवस्था गर्न माग गरेका थिए।

Visa Travels