काठमाडौं । खाने तेलको मूल्य लिटरमै ५० रुपैयाँले घटेको छ । एक महिनाको अवधिमा सूर्यमुखी, भटमास र तोरीको तेलको मूल्यमा लिटरमै ५० रुपैयाँले गिरावट आएको चेम्बर अफ कमर्शले जनाएको छ ।

एक महिना अघि प्रतिलिटर २९५ रुपैयाँ रहेको सूर्यमुखी तेलको मूल्य थोकमा २४६ रुपैयाँमा झरेको छ । २८० रुपैयाँ रहेको तोरीको तेलको मूल्य २५० रुपैयाँमा झरेको छ । यस्तै २९३ रुपैयाँ पर्ने भटमासको तेलको मूल्य न्युनतम् २१८ रुपैयाँ समम्मा झरेको छ ।

नेपाल वनस्पति घ्यु तेल उत्पदक संघका अनुसार अन्तरराष्ट्रिय बजारमा तेलको मूल्यमा आएको गिरावटका कारण खाने तलेको मूल्यमा उच्च गिरावट देखिन थालेको छ ।

संघका अनुसार जेठयता मात्रै खाने तेलको मूल्य लिटरमा ७० रुपैयाँसम्मले घटेको छ । तेलको मूल्य अन्तराष्ट्रिय बजारमै घटेकाकारण नेपाली बजार पनि घटेको हो ।

 

Visa Travels