काठमाडौं । पिपुल्स हाइड्रोपावर लिमिटेडले शुक्रबार भदौ ३१ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। आइपिओ निष्काशन बन्द छिटोमा असोज १४ गते हुनेछ भने सो अवधिमा सम्पूर्र्ण सेयर बिक्री नभएकमा असोज ३० गतेसम्म निष्काशन खुला रहनेछ ।

कम्पनीले आफ्नो जारी पूँजी ३ अर्ब २० करोडको १० प्रतिशतले हुन आउने प्रतिकित्ता १०० अंकित मूल्यका ३२ लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो। जसमध्ये आयोजना अति प्रभावित क्षेत्र दोर्दी गाँउपालिकाका वडा नं. ६ र ७ का स्थानिय बासिन्दाहरुका लागि ३० प्रतिशत अर्थात ९ लाख ६० हजार कित्ता र लमजुङ्ग जिल्लाका स्थानिय बासिन्दाका लागि ७० प्रतिशत अर्थात २२ लाख ४० हजार कित्ता सेयर निष्काशन गरिएको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले ग्लोबल आईएमई बैंकको दोर्दी र भोर्लेटार शाखा तथा हिलेको एक्टेन्सन काउण्डर, एनएमबि बैंकको भोटेवडार शाखा, सिद्धार्थ बैंकको बेसीशहर शाखा र सिभिल बैंकको भुलभुले शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

आइपिओ निष्काशान पछि कम्पनीको चुक्तापुँजी ३ अर्ब २० करोड पुग्नेछ । हाल चुक्तापुँजी २ अर्ब  ४० करोड रहेको छ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

कम्पनी परिचयः
पिपुल्स हाइड्रोपावर कम्पनी २०६४ असोज २२ गते प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भएको कम्पनी हो । पछि २०७७ फागुन १५ गते पब्लिक लिमिटेडमा परिणत भई संचालनमा आएको कम्पनी हो । कम्पनीको रजिष्टर्ड कार्यालय, काठमाडौं महानजगरपालिका वडा नं. १०, बुद्धनगर रहेको छ ।

यस कम्पनी अन्तर्गत निर्मित सुपर दोर्दी जलविद्युत ‘ख’ आयोजना लम्जुङ्ग जिल्लामा पर्दछ ।

आयोजना सम्बन्धि जानकारी
यस आयोजनाको नाम हो सुपर दोर्दी जलविद्युत आयोजना । संस्थाले २०७० फागुन २१ मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद विक्री सम्झौता गरेको छ । विद्युत उत्पादन अनुमति बहाल रहने अवधि २१०६ फागुन २० गते सम्म रहेको छ । लमजुङ्ग जिल्लाको दोर्दी, चुर्मु तथा पुर्मु खोलामा सुपर दोर्दी जलविद्युत आयोजना निर्माण कार्य भईरहेकोछ । आयोजनाको क्षमता ५४ मेगाबाट रहेको छ । यस आयोजनाको किसिम रन आफ रिभर हो । २०७९ असोज मसान्त देखि व्यवसायिक उत्पादन सुरु हुने अपेक्षा रहेको छ ।

विद्युत खरिद विक्री सम्बन्धी
विद्युत खरीद विक्रीका लागि नेपाल विद्युत प्राधिकरणसँग मिति २०७० फागुन २१ गतेमा सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम नेपाल विद्युत प्राधिकरणले ब्यापारिक उत्पादन शुरु हुने मितिदेखि हरेक महिना कम्पनीले आयोजनाबाट विद्युत शक्ति उत्पादन गरी उपलब्ध गराएको कन्ट्रयाक्ट इनर्जीको परिमाणसम्मको उर्जा खरिद वापत वर्षा याममा प्रति कि।वा। घण्टा रु.४.४० (चार रुपैया चालिस पैसा मात्र) र सुख्खायाममा प्रति कि।वा। घण्टा रु.८  (आठ रुपैया) विद्युत खरिद दरले हुन आउने रकम कम्पनी वा दफा ३४ अनुसारको अगुवा बैंक वा वित्तीय संस्थालाई बुझाउनेछ ।

लागत सम्बन्धी वितरणः
कम्पनीको प्रक्षेपित वित्तीय विवरण अनुसार प्रति मेगावाट १९ करोड २४ लाख रहेको छ भने कुल लागत १० अर्ब ३९ करोड रहेको छ । विद्युत उत्पादन अनुमतिको बाँकी अवधि २७ वर्ष रहेको छ । त्यसैगरी साधारण लगानी फिर्ता हुने अवधि ६.४० वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि ९.८० वर्ष रहेको छ ।

पूँजी संरचना
अधिकृत पुँजी: ३ अर्ब २० करोड
जारी पुँजीः ३ अर्ब २० करोड
चुक्तापुँजी: २ अर्ब ४० करोड

संस्थापक सेयर (७५%): २ अर्ब ४० करोड
स्थानिय बासिन्दाहरु (१०%) :३२ करोड
सर्वसाधारण शेयरधनी (१५%): ४८ करोड

संचालक समिति
यस कम्पनीको संचालक समितिमा ९ जना सदस्य रहने व्यवस्था गरेको छ । संस्थापक समुहबाट ५ जना, सर्वसाधारण समुहबाट २ जना र स्वतन्त्र संचालक २ रहनेछ ।

श्री उदय नेपाली श्रेष्ठ यस संस्थामा अध्यक्षको रुपमा कार्यरत छन् । रिलायन्स लाइफ इन्स्योरेन्स, जनाता बैंक, लगायत अन्य विभिन्न संस्थामा अध्यक्षता ग्रहण गरी काम गरेको भनुभव रहेको छ ।उनी २०१३ देखि २०१५ सम्मधको संविधान सदस्य समेत रहको थियो ।
अन्य संचालकहरु
केशव बहादुर रायमाझी
अर्जुन प्रसाद गौताम
भिमलाल पौड्याल
धर्मध्वज पराजुली
गणेश कार्की
इजन कुमार बराल
योगमाया द्वा
गोकुल श्रेष्ठ

प्रबन्ध संचालकमा केशव बहादुर रायमाझी रहेको छ । उनी विभिन्न बैंक तथा कम्पनीहरुमा संचालक भई काम गरेको अनुभव रहेको छ ।

वित्तीय विवरण
आइपिओ जारी पश्चात कम्पनीको चुक्तापुँजी ३ अर्ब २० करोड पुग्नेछ । त्यसपछि आगामि तीन वर्षसम्म पूँजी बृद्धि नगर्ने लक्ष्य राखेको छ । त्यसैले कम्पनीले आम्दानी हुन थाले पछि बोनस सेयर भन्दा नगद लाभांश वितरण गर्ने छ ।

हालसम्म विद्युत बिक्री आम्दानी सुरु भएको छैन् । तर आर्थिक वर्ष २०७९ असोज मंसान्तबाट बिद्युत बिक्री आम्दानी हुने प्रक्षेपण गरेको छ । कम्पनीले आव २०७९–८० मा १ अर्ब १५ करोड विद्युत बिक्री आम्दानी हुने प्रक्षेपण गरेको छ । त्यसैगरी आव २०८०–८१ मा १ अर्ब ७५ करोड र २०८१– ८२ मा १ अर्ब ८० करोड आम्दानी हुने प्रक्षेपण गरेको छ ।

त्यस्तै, आव २०७९–८० मा २७ करोड २७ हजार खुद नाफा कमाउने प्रक्षेपण गरेको छ । त्यसैगरी आव २०८०–८१ मा ६० करोड ९५ लाख र २०८१– ८२ मा ६९ करोड २० करोड नाफा आर्जन गर्ने प्रक्षेपण गरेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी २०७९–८० मा ८.५२ रुपैयाँ हुने प्रक्षेपण गरेको छ । त्यसैगरी आव २०८०–८१ मा १९.०५ रुपैयाँ र आव २०८१– ८२ मा २१.६३ रुपैयाँ प्रक्षेपण गरेको छ ।

प्रक्षेपित लाभांश
कम्पनीले आर्थिक वर्ष २०७९–८० देखि लाभांश वितरण गर्ने लक्ष्य राखेको छ । कम्पनीले आव २०७९–८० मा १६ करोड लाभांश वितरण गर्ने प्रक्षेपण गरको छ । सो रकम चुक्तापुँजीको ५ प्रतिशत हो । त्यस्तै आव २०८०–८१ र २०८१– ८२ मा ४८ करोड वितरण गर्ने लक्ष्य रहेको छ । सो रकम चुक्तापुँजीको १५ प्रतिशत हो ।

आईपीओबाट प्राप्त पुँजीको उपयोग

निष्काशन पछिको सुचिकरण रेन्ज
यस आईपिओ निष्काशन पछि नेप्सेमा पहिलो कारोबारको लागि १०० देखि ३०० सम्मको रेन्जमा सुचिकरण हुनेछ । नेप्सेले सुचिकरण रेन्ज नेटवर्थको अधिकतम तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गरेको छ ।

निष्कर्ष: आवेदन दिनु अघि थप अध्ययन अनुसन्धान गर्नुहोला ।

Visa Travels