peoples hydropower

काठमाडौं । पिपुल्स हाइड्रोपावर लिमिटेडले आज शुक्रबार भदौ ३१ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरको हो । आइपिओ निष्काशन बन्द छिटोमा असोज १४ गते हुनेछ भने सो अवधिमा सम्पूर्र्ण सेयर बिक्री नभएकमा असोज ३० गतेसम्म निष्काशन खुला रहनेछ ।
पिपुल्स हाइड्रोपावरको आइपिओ रिभ्यू, पहिलो वर्षमै लाभांश दिने !

कम्पनीले आफ्नो जारी पूँजी ३ अर्ब २० करोडको १० प्रतिशतले हुन आउने प्रतिकित्ता १०० अंकित मूल्यका ३२ लाख कित्ता सेयर निष्काशन गरेको हो । जसमध्ये आयोजना अति प्रभावित क्षेत्र दोर्दी गाँउपालिकाका वडा नं. ६ र ७ का स्थानिय बासिन्दाहरुका लागि ३० प्रतिशत अर्थात ९ लाख ६० हजार कित्ता र लमजुङ्ग जिल्लाका स्थानिय बासिन्दाका लागि ७० प्रतिशत अर्थात २२ लाख ४० हजार कित्ता सेयर निष्काशन गरिएको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।

इच्छुक स्थानीय लगानीकर्ताले ग्लोबल आईएमई बैंकको दोर्दी र भोर्लेटार शाखा तथा हिलेको एक्टेन्सन काउण्डर, एनएमबि बैंकको भोटेवडार शाखा, सिद्धार्थ बैंकको बेसीशहर शाखा र सिभिल बैंकको भुलभुले शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

आइपिओ निष्काशान पछि कम्पनीको चुक्तापुँजी ३ अर्ब २० करोड पुग्नेछ । हाल चुक्तापुँजी २ अर्ब ४० करोड रहेको छ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

Visa Travels