प्राइम लाइफ इन्स्योरेन्सको बोनस दर सार्वजनिक

prime life insurance

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नयाँ बोनसदर सार्वजनिक गरेको छ ।

कम्पनीको आर्थिक वर्ष २०७७/२०७८ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा समितिको भदौं ३० गतेको पत्र मार्फत स्वीकृत भई कम्पनीको मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखहरुका लागि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको हो ।

ads

कम्पनीले बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम ३५ रुपैयाँ देखि अधिकतम ८० रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो ।

बीमा समितिबाट स्वीकृत भई प्राप्त बोनस दर अनुसार सावधिक जीवन बीमालेखमा ९ वर्षसम्मका पोलिसीले ३५ रुपैयाँ प्रति वर्ष प्रति हजारका दरले बोनस पाउनेछन् । १० देखि १४ वर्षसम्मका बीमा पोलिसीहरुले ४० रुपैयाँ, १५ देखि १९ वर्षसम्मका बीमा पोलिसीहरुले ४५ रुपैयाँ र २४ वर्षसम्मका बीमा पोलिसीहरुले ५० रुपैयाँ र २५ वर्षदेखि माथिका बीमा पोलिसीहरुले ७० रुपैयाँ प्रति वर्ष प्रति हजारका दरले बोनस पाउनेछन् ।

सावधिक जीवन तथा आजिवन बीमालेख अन्तर्गत ९ वर्षसम्मका पोलिसीले ३६ रुपैयाँ, १० देखि १४ वर्षसम्मका बीमा पोलिसीहरुले ४५ रुपैयाँ, १५ देखि १९ वर्षसम्मका बीमा पोलिसीहरुले ५० रुपैयाँ, २० देखि २४ वर्षसम्मका बीमा पोलिसीहरुले ५७ रुपैयाँ र २५ वर्षदेखि माथिका बीमा पोलिसीहरुले ७५ रुपैयाँ प्रति वर्ष प्रति हजारका दरले बोनस पाउनेछन् ।

प्राइम लाइफका अग्रिम भुक्तानी तथा सावधिक जीवन बीमालेख अन्तर्गतका १० देखि १४ वर्षसम्मका बीमा पोलिसीहरुले ५० रुपैयाँ, १५ देखि १९ वर्षसम्मका बीमा पोलिसीहरुले ५८ रुपैयाँ, २० देखि २४ वर्षसम्मका बीमा पोलिसीहरुले ६५ रुपैयाँ र २५ वर्षदेखि माथिका बीमा पोलिसीहरुले ८० रुपैयाँ प्रति वर्ष प्रति हजारका दरले बोनस पाउनेछन् ।

त्यस्तै, प्राइम जीवन उपहार अग्रिम भुक्तानी अन्तर्गतका बीमा पोलिसीहरुले ४२ रुपैयाँ र प्राइम जीवन उपहार सावधिक बीमा पोलिसीहरुले ४० रुपैयाँ बोनस पाउनेछन् ।

उल्लेख्खित बीमा अवधि तथा योजना अनुसार कायम बोनस दर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुने कम्पनीले जनाएको छ ।

Visa Travels