राधी विद्युत कम्पनीको हकप्रद सेयर आजबाट बिक्री खुला, क-कसले भर्न पाउँछन् ?

radhi bidhyut company

काठमाडौं । राधी विद्युत कम्पनीले आज (बुधवार) देखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम ६४ करोड ६४ लाख ४ हजार ६२२ रुपैयाँको १:१.४०५२ अनुपातमा १०० अंकित मूल्यका दरले ९५ लाख ३५ हजार ७६० कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको हो ।

हकप्रद निष्काशनका लागि कम्पनीले भदौ १२ गते बुकक्लोज गरिसकेको छ । त्यसैले भदौ १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् ।

ads

उक्त हकप्रद सेयरमा असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको हकप्रद शेयरको विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
हकप्रदमा मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ विकास बैंकको विभिन्न शाखा कार्यालय र मेरोसेयर वेवसाइट र एप मार्फत आवेदन दिन सकिने छ । यसका साथै धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ ।

हाल कम्पनीको चुक्ता पूँजी ६४ करोड ६४ लाख ४ हजार ६२२ रुपैयाँ रहेको छ । हकप्रद निष्काशन पश्चात् कम्पनीको पुजीँ १ अर्ब ५९ करोड ९९ लाख ८० हजार रुपैयाँ पुग्नेछ ।

Visa Travels