सर्वाधिक निक्षेप सुरक्षण गर्ने बैंक बन्यो राष्ट्रिय वाणिज्य बैंक

rastriya banijya Bank

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक सर्वाधिक निक्षेप सुरक्षण गर्ने बैंक बनेको छ । निक्षेप तथा कर्जा सुरक्षण कोषको निक्षेप सुरक्षण कार्यक्रममा आबद्ध बैंक तथा वित्तीय संस्थामध्ये राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्षमा सर्वाधिक निक्षेप सुरक्षण गरेको हो ।

राष्ट्रिय वाणिज्य बैंक कोषमा सबैभन्दा बढी सुरक्षण दस्तुर भुक्तानी गर्ने बैंकको रूपमा सम्मानित समेत भएको छ । कोषको ४९औं वार्षिकोत्सवको अवसरमा मंगलवार बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई कदरपत्र प्रदान गरिएको छ ।

ads

राष्ट्रिय वाणिज्य बैंकले ७७ जिल्लामा २५९ ओटा शाखा कार्यालय, ५१ ओटा एक्स्टेन्सन काउन्टर, २६८ ओटा एटीएम र १०२ ओटा शाखारहित इकाइबाट बैंकिङ सेवा प्रवाह गर्दै आएको छ ।

Visa Travels