रुरु जलविद्युत परियोजनाले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको असोज ७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र  ०.५२६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त लाभांश आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीलाई वितरण गरिनेछ।

उक्त लाभांश पारित गर्न कम्पनीले २०७९ कार्तिक ४ गते साधारणसभा डाकेको छ। सभा बानेश्वर व्याङकेट, थापागाउँ, नयाँ बानेश्वरमा अपरान्ह १ बजे सुरु हुनेछ ।

सभा प्रयोजन तथा लाभांश वितरण गर्न कम्पनीले असोज २७ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । नेप्सेमा असोज २६ गते सम्म सेयर कारोबार भई कायम रहेको सेयरधनीले मात्र साधारणसभामा प्रतिनिधित्व गर्न तथा लाभांशमा दाबी गर्न पाउनेछ।

Visa Travels