साञ्जेन जलविद्युतको आईपीओमा आवेदन दिने आज अन्तिम मौका

काठमाडौं । साञ्जेन जलविद्युत् कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ ५ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि आईपीओ निष्कासन गरेको हो । कम्पनीले १ सय अंकित दरका ३६ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको हो ।

यसमा आयोजनाबाट अति प्रभावित क्षेत्र आमाछोदीङमो गाउँपालिका वडा नं ५ चिलिमे र आयोजना निर्माण गर्ने प्रशारण लाइनबाट प्रभावित आमाछादिङमो गाउँपालिका-४ गोल्जुङका बासिन्दाले आवेदन दिन सक्नेछन् । यस्तै सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरू १, २, ३ तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका सबै बासिन्दाहरूले पनि आवेदन दिन सक्नेछन् । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म आवेदन दिन सक्नेछन् ।

ads

यो आईपीओमा नागरिक लगानी कोष बिक्री प्रबन्धक रहेको छ । यस्तै सह-निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल र एनएमबि क्यापिटल रहेका छन् । यसमा सी-आस्बा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओमा २३ करोड ८ लाख १४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आइतबार अर्थात् असोज २ गते साँझसम्ममा १२ हजार ८२ जना आवेदकले २३ लाख ८ हजार १४० कित्ताका लागि आवेदन दिएका छन् । यसर्थ अझै १३ लाख ४१ हजार ८६० कित्ता सेयर बिक्री हुन बाँकी रहेको छ ।

Visa Travels