सानिमा जनरल र जनरल इन्स्योरेन्सको विशेष सभा असोज ११ गते हुने, मर्ज प्रस्ताव पारित हुँदै

Special General Meeting

काठमाडौं । मर्जर प्रक्रिया स्वीकृत गर्न सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनीले एकैदिन विशेष साधारणसभा डाकेका छन्।

दुवै कम्पनीको सञ्चालक समितिले असोज ११ गते विशेष साधारणसभा आयोजना गर्ने निर्णय गरेका हुन् । सानिमाको सभा काठमाडौंको चन्डोलीसथत कुण्डलिनी दरबार बैंक्वेटमा र जनरलको सभा काठमाण्डौको डिल्लीबजारस्थित अमृतभोगमा हुनेछ। दुवै सभा बिहान ११ बजेबाट सुरु हुनेछन्।

ads

दुवै सभाले सानिमा र जनरल इन्स्योरेन्स आपसमा मर्ज हुनेसम्बन्धी विशेष प्रस्तावलाई पारित गर्नेछ। मर्जरपछि कम्पनीको नाम ‘सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेड’ राख्ने अर्को विशेष प्रस्ताव पारित गर्नेछ।

सभाले चल–अचल सम्पत्त तथा दायित्व मूल्यांकन प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्थासमेतका आधारमा निर्धारण गरिएको सेयर अनुपात १:१ कायम गर्ने गरी मर्जर कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ।

सोही सभाले मर्जरपश्चात संस्थापक तथा सर्वसाधारण सेयरधनीको सेयर अनुपात ५१:४९ कायम गर्न प्रस्ताव पारित गर्नेछ।

सानिमा र जनरल इन्सुरेन्स एक आपसमा गाभिने भएपछि हाल दुवैको सेयर कारोबार रोक्का गरिएको हो । यी दुई कम्पनीहरुबीच असार २९ गते मर्ज सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो । हाल सानिमा जनरलको १ अर्ब र जनरल इन्स्योरेन्सको चुक्ता पुँजी पनि १ अर्ब रुपैयाँ छ । कम्पनीहरुले १ बराबर १ को स्वाप रेसियोमा मर्जर सम्झौता गरेका छन् । मर्जर पश्चात कायम हुने कम्पनीको पुँजी २ अर्ब रुपैयाँ हुनेछ ।

विशेष साधारणसभा प्रयोजनार्थ दुवै कम्पनीले असोज ६ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ असोज ६ गतेअघि कायम सेयरधनीहरुमात्रै यी दुवै कम्पनीको सभामा भाग लिन पाउनेछन्।

Visa Travels