काठमाडौं । सेयर बजार सोमबार बन्द हुने भएको छ । आज सोमबार (असोज ३ गते) संविधान दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । सोही कारण नेप्से बन्द हुने भएको हो । अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ ।
बैंकहरूले असोज महीनामा ब्याजदर बढाएसँगै सेयर बजार निरन्तर तीन दिनदेखि घटेको छ । आइतबार\र नेप्से परिसूचक ३३ दशमलव ९७ अंक घटेको छ । नेप्से परिसूचक १८७६.४१ विन्दुमा झरेको छ ।