काठमाडौं । सिद्धार्थ क्यापिटलले ११औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको भदौ १९ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा असोज २८ गते कम्पनीको कार्यालय नारायणचौर नक्साल काठमाडौंमा दिउँसो ३ बजे सुरु हुनेछ ।
उक्त सभामा कम्पनीको आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट शेयरधनीहरूलाई हाल कायम चुक्ता २५ प्रतिशत अर्थात् ५ करोड रुपैयाँ करसहित नगद लाभांश प्रदान गर्न सञ्चालक समितिले गरेको प्रस्ताव पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ असार मसान्तको वासलात तथा आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाब गरी सोही अवधिको नगद प्रवाहको विवरण प्रस्तुत गर्ने, आर्थिक वर्ष २०७९/०८० को लागि लेखापरीक्षकको नियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने तथा अन्य छलफलहरू गर्ने कम्पनीले जानकारी दिएको छ ।