काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म होटलले १८ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा ३ करोड ५० लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।

होटलले असार मसान्तसम्ममा कुल ८५ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । कम्पनीको सञ्चालन आम्दानी ७० करोड रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा भने १३ करोड ७१ लाख रुपैयाँ मात्र सञ्चालन आम्दानी गरेको थियो ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषमा ४४ करोड १६ लाख रुपैयाँ रहेको छ ।

होटलको प्रतिसेयर२ रुपैयाँ ४१ पैसा ऋणात्मक रहेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँ ६४ पैसा रहेको छ । अघिल्लो वर्ष तारागाउँको प्रतिसेयर नोक्सानी ४ रुपैयाँ १९ पैसा थियो ।

Visa Travels