अब पर्यटक भिसामा विदेश जान थप कडाई गरेको छ । पर्यटक भिसामा जाने नेपाली नागरिकहरुले ब्यहोर्नु परेको समस्या समाधानको लागि अध्यागनको प्रस्थान विन्दुदेखि नै प्रत्थान कार्यलाई व्यवस्थित गर्न गृह मन्त्रालयले ‘पर्यटक भिसामा विदेश प्रस्थान अनुमति व्यवस्थापन सम्बन्धी कार्यविधि–२०७९’ स्वीकृत गर्दै पर्यटक भिसामा विदेश जान कडाईको नीति लिएको हो ।
टुरिष्ट भिसामा विदेश जान के के पेश गर्नुपर्छ ?
अब पर्यटक भिसामा विदेश विदेश जाने व्यक्तिले आफ्ना परिवारका सदस्यहरु बीच नाता सम्बन्ध खुल्ने सरकारी कागजात पेश गर्नुपर्नेछ ।
कम्तीमा वार्षिक ४ लाख रुपैयाँ वार्षिक आम्दानी गर्ने र कर प्रणालीमा आवद्ध भएको प्रमाणित हुने कागजात र कम्तीमा २ लाख रुपैयाँ बैंकमा मौज्दात रहेको बैंक स्टेटमेन्टसमेत पेस गर्नुपर्ने छ ।
आम्दानीका आधारमा कर तिरेको प्रमाण, आवत जावतकै हवाई टिकट र जान लागेको देशमा होटल बुकिङ गरेको प्रमाण पनि बुझाउनु पर्नेछ ।
पर्यटक भिसामा जाने व्यक्तिको वार्षिक आम्दानी ४ लाख, कर तिरेको प्रमाणपत्र र बैंकमा नगद २ लाख मौज्दात नरहेको अवस्थामा परिवारका कुनै एक सदस्यको भएपनि हुने कार्यविधिमा उल्लेख छ ।
परिवारका सदस्य सञ्चालक रहेको संस्था वा कम्पनीको आम्दानी, उक्त कम्पनी कर प्रणालीमा आवद्ध भएको प्रमाण र कम्पनीको समेत बैंक मौज्दात २ लाख छ भने उक्त कम्पनीको सञ्चालक सँगको नाता खुल्ने प्रमाणका आधारमा पनि टुरिष्ट भिसामा विदेश जान पाइने छ ।
तर, हवाई टिकट लिनु अगाडी अध्यागमन विभागबाट स्वीकृति लिनुपर्ने छ । स्वीकृति लिन आफू जाने ७ दिन अगाडी नै विभागको अनलाइन प्रणालीबाट निवेदन दिनु पर्नेछ ।
त्यसपछि हवाई टिकट र होटल बुक गरेको प्रमाण पेश गर्नुपर्ने छ ।