तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले ४० अर्बको ट्रेजरी बिल खरिद गर्ने

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता व्यवस्थापनको लागि ४० अर्बको ट्रेजरी बिल सोझै खरिद गर्ने भएको छ। बैंकले बिहीबार सूचना जारी गर्दै सोझै खरिद उपकरण बोलकबोल प्रक्रियाबाट गर्ने गरी आह्वान गरेको हो ।

बैंकले बोलकबोल प्रक्रियाबाट २०७९ पुस मसान्तसम्म भुक्तानी अवधि भएको यो ट्रेजरी बिक्री गर्न चाहने बैंक तथा वित्तीय संस्थाले बिहीबार ३ बजेसम्म आवेदन दिन सक्ने जनाएको छ ।

ads

बोलकबोल आवेदनका आधारमा बैंकले शुक्रबार ट्रेजरी खरिद गर्नेछ। यो उपकरणको केन्द्रीय बैंकले तोकिएको दिन भित्र भुक्तानी मिति भएका ट्रेजरी बिल इच्छुक बैंक तथा वित्तीय संस्थाबाट बोलकबोल माध्यमबाट खरिद गर्दछन् ।

केन्द्रिय बैंकले बैंकहरुमा तरलता व्यवस्थापन गर्न समयसमयमा यस्ता उपकरणहरु बिक्री तथा खरिद गर्ने गरेको छ।

Visa Travels