लाभांश पारित गर्न नेपाल लाइफ इन्स्योरेन्सले डाक्यो वार्षिक सभा, बुकक्लोज कहिले ?

nepal life insurance

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको कात्तिक ४ गते बसेको सञ्चालको समितिको बैठकले आगामी मंसिर ८ गते सभा गर्ने निर्णय गरेको हो । सभा होटल भिष्वा, बीरगंज,पर्सामा बिहान ९ बजे सुरु हुनेछ ।

सभामा कम्पनीले सेयरधनीलाई १५.७८ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, सभामा आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ ।

ads

आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

सभा प्रयोजनका लागि कम्पनीले कात्तिक १८ गते बुक क्लोज गर्ने भएको छ । त्यसले कात्तिक १७ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

Visa Travels