बाराही हाइड्रोपावरको आईपीओ बाँडफाँट

बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको आईपीओ बुधबार बाँडफाँट भएको हो ।

कम्पनीले कात्तिक ४ गतेदेखि २५ गतेसम्म पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको थियो ।

ads

स्थानीयमा कम्पनीले प्रतिकित्ता रू. १०० अंकित मूल्यका २ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको हो । बाग्लुङ्ग जिल्लाको जैमिनी नगरपालिकाको वडा नं. १, ४ र ५ साविक कुस्मीसेरा, सर्कूवा र बिनामारे गाविस तथा जैमिनी नगरपालिकाका अन्य वडाहरुका स्थानिय बासिन्दाहरुको लागि उक्त आईपीओ बिक्री खुला गरेको थियो । जसमा रितपूर्वक आवेदन परेको एक लाख ४६ हजार कित्ता सेयर बाँडफाँट गरेको हो ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले अब दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ बिक्री गर्नेछ ।

Visa Travels