बरुण हाइड्रोपावरको नाफामा गिरावट, प्रतिसेयर आम्दानी कति ?

बरुण हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

यस अवधिसम्ममा कम्पनीको खुद नाफा १०.८६ प्रतिशतले घटेर ८८ लाख ८२ हजार रुपैयाँमा खुम्चिएको छ । गत आर्थिक वर्षको यसैअवधिमा कम्पनीको नाफा ९९ लाख ६४ हजार रुपैयाँ रहेको थियो ।

ads

असोज मसान्तसम्ममा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी भने १८.२१ प्रतिशतले बढेर ३ करोड ८३ लाख ५७ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यसले विद्युत् बिक्रीबाट ३ करोड २४ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीको सञ्चालन नाफा ७.३५ प्रतिशतले बढेर २ करोड १३ लाख रुपैयाँ पुगेको छ । गत वर्ष उक्त नाफा १ करोड ९८ लाख रुपैयाँ थियो ।

बरुणको चुक्ता पुँजी २६ करोड ७९ लाख ७ हजार रुपैयाँ रहको छ । यसको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ९२ पैसा रहेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ ५६ पैसा छ ।

Visa Travels