फरवार्ड माइक्रोफाइनान्सको नाफामा गिरावट, अन्य सूचक कस्ता छन् ?

फरवार्ड माइक्रोफाइनान्सले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको नाफा ६३.८० प्रतिशतले घटेर ३ करोड ३ लाख ७७ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ८ करोड ३९ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेसँगै यसको खुद नाफा प्रभावित भएको हो ।

ads

खुद ब्याज आम्दानी २४.२० प्रतिशतले घटेर २० करोड ६६ लाख ३१ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्षको सोही अवधिमा २७ करोड २५ लाख ९८ हजार रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको थियो ।

यता, गत वर्ष १३ करोड १८ लाख ८० हजार रुपैयाँ आर्जन गरेको सञ्चालन नाफा यो वर्ष ४ करोड ८५ लाख ६० हजार रुपैयाँ नोक्सानमा छ । प्रतिसेयर आम्दानी १४ रुपैयाँ ३९ पैसा र प्रतिसेयर नेटवर्थ ३२४ रुपैयाँ ०७ पैसा छ ।

हाल संस्थाको चुक्ता पुँजी ८४ करोड ४४ लाख रुपैयाँ रहेको संस्थाको जगेडा कोषमा एक अर्ब ८९ करोड २१ लाख रुपैयाँ रहेको छ ।

असोज मसान्तसम्म संस्थाले १० अर्ब ६ करोड ६३ करोड रुपैयाँ सापटी गरी ८ अर्ब २१ करोड ३५ लाख रुपैयाँ निक्षेप संकलन र १९ अर्ब ८७ करोड ७६ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

Visa Travels