ग्लोबल आइएमई बैंकको बोनस सेयरमा मूल्य समायोजन

Global IME Bank

ग्लोबल आइएमई बैंकको ३ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछिको भाउ प्रतिकित्ता २ सय ४४ रुपैयाँ ८ कायम भएको छ ।

बैंकको अन्तिम कारोबार मूल्य २ सय ५१ रुपैयाँ ४० पैसालाई आधार मानेर यसको मूल्य समायोजन गरिएको हो । यसले गत वर्षको मुनाफाबाट सेयरधनीहरुलाई ३ प्रतिशत बोनस र १०.६ प्रतिशत नगद लाभांश (करसहित) प्रस्ताव गरेको छ ।

ads

हाल ग्लोबल आइएमई र बैंक अफ काठमान्डूसँग एक आपसमा मर्जर प्रक्रियामा रहेका छन् । दुवै बैंकको असार २ गतेदेखि सेयर कारोबार रोक्का रहेको छ । बैंकले लाभांश प्रस्ताव पारित गर्ने मंसिर २३ गते साधारण सभा बोलाएको छ ।

Visa Travels