एचआईडीसीएलको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढ्यो, अन्य सूचक कस्ता ?

hidcl

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) ले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । चालू आर्थिक वर्षको असोज मसान्तसम्म आइपुग्दा कम्पनीको नाफामा उल्लेख्य वृद्धि भएको छ ।

असोज मसान्तसम्म कम्पनीको नाफा ५२.५५ प्रतिशतले बढेर ३२ करोड ४८ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २१ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

ads

सो अवधिसम्म कम्पनीको वित्तीय आम्दानी ३३ करोड ६७ लाख रुपैयाँबाट बढेर ५० करोड ९९ लाख रुपैयाँ पुगेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी २१ अर्ब २७ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब ९७ करोड रुपैयाँ जम्मा भएको छ ।

असोजसम्म आइपुग्दा प्रतिसेयर आम्दानी बढेर ६ रुपैयाँ ११ पैसा भएको छ । गत वर्ष प्रतिसेयर आम्दानी ४ रुपैयाँ ६३ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ ३० पैसा छ ।

Visa Travels