icfc finance

आईसीएफसी फाइनान्स लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। असोज मसान्तसम्म फाइनान्सको खुद नाफा र प्रतिसेयर आम्दानी दुबै घटेको छ ।

असोज मसान्तसम्म फाइनान्सले ३ करोड ३४ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २९.७९ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्सले ४ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी ३४.९१ प्रतिशतले बढेर १४ करोड ८८ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो नाफा ११ करोड ३ लाख रुपैयाँ रहेको थियो ।

सञ्चालन मुनाफा २७.०१ प्रतिशतले घटेर ४ करोड ९६ लाख रुपैयाँमा खुम्चिएको छ । गत वर्षको सोही अवधिमा यस्तो नाफा ६ करोड ८० लाख रुपैयाँ रहेको थियो । कम्पनीको वितरणयोग्य मुनाफा पनि ४२.३० प्रतिशतले घटेर ९ करोड ४३ लाख रुपैयाँमा सीमित बनेको छ ।

नाफासँगै फाइनान्सको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ४ पैसा घटेर ११ रुपैयाँ ८७ पैसामा सीमित भएको छ। असोज मसान्तसम्ममा फाइनान्सको मूल्य आम्दानी अनुपात ३६.८९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ३२ पैसा रहेको छ।

हाल चुक्ता पुँजी १ अर्ब १२ करोड ७१ लाख रुपैयाँ रहेको छ कम्पनीको जगेडा कोषमा ६३ करोड ४७ लाख रुपैयाँ सञ्चित छ ।

यस अवधिमा कम्पनीले १ अर्ब ८२ करोड ५९ लाख रुपैयाँ निक्षेप संकलन गरी १ परिचालन अर्ब ४१ करोड २२ लाख रुपैयाँ कर्जा गरेको छ ।

 

Visa Travels