ime general insurance

आइएमई जनरल इन्स्योरेन्सले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको मंसिर ५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट चुक्ता पूँजीको ६.५ प्रतिशत बोनस सेयर र ०.३४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट पारित भई कम्पनीको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीलाई वितरण गरिनेछ।

हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ७० करोड रहेको छ ।

Visa Travels