बम्पर लाभांश घोषणा गरेको जाल्पा सामुदायिक लघुवित्तको वित्तीय अवस्था कस्तो ?

jalpa laghubitta

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालु आर्थिकको असोज मसान्तसम्म आइपुग्दा संस्थाले १० लाख ३० हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ । गत वर्षको यही अवधिमा संस्थाले १ करोड ३ लाख ८९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

ads

असोज मसान्तसम्म सञ्चालन नाफा १ करोड ३२ लाख ६७ हजार रुपैयाँ ऋणात्मक छ । गत वर्ष उक्त नाफा ९ करोड ६० लाख ९२ हजार रुपैयाँ रहेको थियो ।

खुद ब्याज आम्दानी भने १६.६० प्रतिशतले बढेर ९ करोड ४५ लाख रुपैयाँ पुगेको छ ।

जाल्पाको चुक्ता पुँजी १६ करोड रुपैयाँ छ भने जगेडा कोषमा ३८ करोड १० लाख रुपैयाँ जम्मा भएको छ ।

असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी २ रुपैयाँ ५८ पैसा ऋणात्मक छ । संस्थाको प्रतिसेयर नेटवर्थ ३३८ रुपैयाँ १३ पैसा छ । यसको निष्कृय कर्जा अनुपात ३.६१ प्रतिशत कायम भएको छ । जाल्पाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरघनीहरुलाई ७३ प्रतिशत बोनस र ३.८४ प्रतिशत नगद लाभांश गरी कुल ७६.८४ प्रतिशत लाभांश घोषणा गरेको छ ।

संस्थाले १ अर्ब ९० करोड ३७ लाख रुपैयाँ सापटी लिएको छ भने ५ अर्ब ९ करोड ७१ लाख रुपैयाँ कर्जा विस्तार गरेको छ ।

Visa Travels