ज्योति लाइफ इन्स्योरेन्सको अधिकांश सूचकमा चमक

jyoti life insurance

ज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

असोज मसान्तसम्म कम्पनीको खुद नाफा १३३.२८ प्रतिशतले बढेर २१ करोड ५२ लाख ७१ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा ९ करोड २२ लाख रुपैयाँ रहेको थियो ।

ads

समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन १५.६७ प्रतिशतले बढेर ९१ करोड ४० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी ९९ करोड १ लाख रुपैयाँ रहेको थियो ।

लगानी कर्जा तथा अन्य आयबाट हुने आम्दानी बढेको छ भने नोक्सानी व्यवस्थाबाट २ करोड ४५ लाख रुपैयाँ फिर्ता गरेपछि खुद नाफामा सुधार भएको देखिन्छ ।

ज्योति लाइफको जगेडा कोष र जीवन बिमा कोषमा पनि राम्रो सुधार देखिएको छ । असोज मसान्तसम्म कम्पनीको जगेडा कोष ५६.६९ प्रतिशतले बढेर १ अर्ब ३ करोड ५७ लाख रुपैयाँ पुगेको छ।

यस्तै, जीवन बिमा कोषको आकार पनि ५४.९६ प्रतिशतले बढेर ४ अर्ब ४ करोड ६९ लाख रुपैयाँ पुगेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । असोज मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ३८ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ३२ पैसा छ । ज्योति लाइफ इन्स्योरेन्स हाल सूर्या लाइफ इन्स्योरेन्ससँग मर्जर प्रक्रियामा रहेको छ ।

Visa Travels