मन्दाकिनी हाइड्रोपावरको नाफा घट्दा अन्य सूचक कस्ता छन् ?

mandakini hydropower

मन्दाकिनी हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

यस अवधिसम्ममा कम्पनी १ करोड ७ लाख २८ हजार रुपैयाँ नोक्सानमा रहेको छ । गत आर्थिक वर्षको यसैअवधिमा कम्पनी २ करोड ९० लाख ७६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समिक्षा अवधिमा कम्पनीको नाफा ६३.१० प्रतिशतले घटेको छ ।

ads

असोज मसान्तसम्ममा कम्पनीको अन्य आम्दानी १ करोड १२ लाख ३० हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको यस्तो आम्दानी १७ लाख ९० हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीको प्रशासनिक खर्च ९ लाख ६० हजार रुपैयाँ रहेको छ । सो अवधिमा २ करोड ८२ लाख १० हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ ।

कम्पनीको चुक्ता पुँजी ५८ करोड ८० लाख ३६ हजार रुपैयाँ रहको छ भने जगेडा कोषमा ४ करोड ८२ लाख ४७ हजार रुपैयाँ रहेको छ । यसको प्रतिसेयर आम्दानी ७ रुपैयाँ २८ पैसा र प्रतिसेयर नेटवर्थ १०८ रुपैयाँ २ पैसा छ ।

Visa Travels