नेसनल लाइफ इन्स्योरेन्सको वार्षिक सभा मंसिर १८ गते हुने, के-के छन् एजेन्डा ?

national life insurance

नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभा आह्वान गरेको छ । सञ्चालक समितिको बुधबार बसेको बैठकले गरेको निर्णयअनुसार वार्षिक साधारणसभा आउँदो मंसिर १८ गते हुनेछ ।

उक्त सभा काठमाडौं लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान १०:३० बजेबाट सुरु हुनेछ।

ads

सभाले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्तावित लाभांश अनुमोदन गर्नेछ । कम्पनीले हाल कायम चुक्तापुँजीको कुल १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांशमा १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७८९ प्रतिशत नगद लाभांश छन्।

सभाले कम्पनीको प्रबन्धपत्र र नियमावलीको संशोधनमा नियमनकारी फेरबदल गर्न सुझाव वा निर्देशन दिएमा सोअनुरुप आवश्यक समायोजन गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।

सभाले सञ्चालक समितिबाट मनोनित स्वतन्त्र सञ्चालकको नियुक्ति पारित गर्नेछ । उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु पनि सभाबाट अनुमोदन हुनेछन् ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले आउँदो मंसिर ८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर ७ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

Visa Travels