लाभांश पारित गर्न नेसनल लाइफ इन्स्योरेन्सले बोलायो वार्षिक सभा, के-के छन् एजेन्डा ?

national life insurance

नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको सभा मंसिर १८ गते नेसनल लाइफ भवन, केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाडौंमा बिहान १०:३० बजे सुरु हुनेछ ।

सभामा आर्थिक वर्ष २०७७/२०७८ को नाफाबाट १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । यसले १५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।

ads

२०७७/७८ को नाफा नोक्सान हिसाबकिताब सम्बन्धमा छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको छ ।

त्यस्तै, सञ्चालक समितिबाट मनोनित स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने एजेन्डा पनि रहेको छ । सभा प्रयोजनका लागि कम्पनीले मंसिर ८ गते बुक क्लोज गरिसकेको छ । मंसिर ७ गतेसम्म कायम रहेका सेयरधनीले लाभांश पाउनेछन् ।

Visa Travels