नेको इन्स्योरेन्सको नाफामा सामान्य गिरावट, अन्य सूचक कस्ता छन् ?

neco insurance

नेको इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

प्रथम त्रैमासमा कम्पनीको खुद नाफा ६.६४ प्रतिशतले घटेर ६ करोड ७१ लाख रुपैयाँमा सीमित भएको छ । कम्पनीले गत आर्थिक वर्षको अवधिमा ७ करोड १९ लाख रुपैयाँ रहेको थियो ।

ads

समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आम्दानी १५.१५ प्रतिशतले घटेर ४४ करोड ९३ लाख रुपैयाँमा सीमित भएको छ । गत वर्ष यही अवधिमा कम्पनीले ५२ करोड ९६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो।

यो अवधिमा कम्पनीले लगानी, कर्जा तथा अन्यबाट हुने आयबापत ३ करोड ४१ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्षको सोही अवधिमा यस्तो आय १५ करोड ४६ लाख रुपैयाँ गरेको थियो।

प्रथम त्रैमाससम्म कम्पनीले पुनर्बीमा कमिसन आयतबापत ८ करोड ८९ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्ष यही अवधिमा यस्तो आय ३० करोड ९२ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा कम्पनीले १८ करोड ६८ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ७.१७ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले २० करोड १३ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो।

यो अवधिमा कम्पनीको बीमा कोषको आकार २१.६७ प्रतिशतले बढेर १ अर्ब ४० करोड रुपैयाँको उचाइमा पुगेको छ । गत वर्ष यही अवधिमा बीमा कोषमा १ अर्ब १५ करोड रुपैयाँमा सीमित थियो ।

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १५.३६ रुपैयाँ, मूल्य आम्दानी अनुपात (पीई रेसियो) ४३.७७ गुणा र प्रतिसेयर नेटवर्थ २१५.५९ रुपैयाँ रहेको छ।

Visa Travels