काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको १५.७८ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज (कात्तिक १७ गते) अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरण प्रयोजनार्थ शुक्रबार (कात्तिक १८ गते) बुक क्लोज गर्दैछ । तसर्थ, आजसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
इन्स्योरेन्सले लाभांश प्रस्तावसहित मंसिर ८ गते वार्षिक साधारणसभा बोलाएको छ । सभामा कम्पनीले सेयरधनीलाई १५.७८ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।