nepal life insurance

नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

समीक्षा अवधिमा कम्पनीको नाफा २३९८.२२ प्रतिशतले बढेको छ। गत वर्ष यही अवधिमा ७० लाख ३३ हजार रुपैयाँ नाफा गरेकोमा समीक्षा अवधिमा ह्वात्तै बढेर १७ करोड ५७ लाख रुपैयाँ भएको छ।

आज सार्वजनिक प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिको यो खुद बीमा शुल्क गत वर्षको सोही अवधिको तुलनामा १.९७ प्रतिशतले बढी हो। गत वर्ष कम्पनीको बीमा शुल्क आर्जन ९ अर्ब ७४ करोड रुपैयाँ रहेको थियो।

यो अवधिमा कम्पनीले ४ अर्ब ३५ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। गत वर्ष कम्पनीले ४ अर्ब २६ करोड रुपैयाँ दाबी भुक्तानी गरेको थियो। खुद दाबी भुक्तानी २.२३ प्रतिशतले बढी हो।

कम्पनीको व्यवस्थापन खर्च बढेर २७ करोड ६७ रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा व्यवस्थापन खर्च १९ करोड ६३ लाख रुपैयाँमा सीमित थियो।

समीक्षा अवधिमा कम्पनीको जीवन कोषको आकार १९.६४ प्रतिशतले बढेर १ खर्ब ४२ अर्ब रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष जीवन बीमा कोषमा १ खर्ब १८ अर्ब करोड रुपैयाँ थियो। गत वर्ष ८६ करोड ९६ लाख रुपैयाँ रहेको रिजर्भको आकार १२९.०४ प्रतिशतले बढेर १ अर्ब ९९ करोड रुपैयाँको उचाइमा पुगेको छ।

समीक्षा अवधिसम्म कम्पनीको कुल कायम बीमालेखको संख्या १४ लाख २५ हजार २८३ रहेको छ। गत वर्ष कुल कायम बीमालेखको संख्या १३ लाख ९३ हजार २५८ रहेको थियो।

चुक्तापुँजी ८ अर्ब २० करोड रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ८.५६ रुपैयाँ कायम भएको छ। गत वर्ष यही अवधिमा ईपीएस ०.३९ रुपैयाँ थियो। पीई अनुपात ६७.९७ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १३४.३९ रुपैयाँ रहेको छ।

Visa Travels