नेपाल लाइफ इन्स्योरेन्सको लाभांश साधारणसभाबाट पारित

nepal life insurance

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले सभा बिहीवार आज होटल भिष्वा वीरगञ्ज पर्सामा सम्पन्न भएको छ ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरेको हाल कायम चुक्तापूँजीको १५.७८ प्रतिशत नगद लाभांश कर प्रयोजनसहित वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

ads

त्यसैगरी सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्नुका साथै आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि कात्तिक १८ गते एक दिन बुक क्लोज थियो । यस आधारमा कात्तिक १७ गते सम्म कायम शेयरधनी नगद लाभांश पाउन योग्य भएका छन् ।

Visa Travels