पिपुल्स पावर कम्पनीले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । असोज मसान्तसम्म कम्पनीको नाफामा उल्लेख्य वृद्धि देखिएको छ ।
यस अवधिसम्ममा कम्पनी १ लाख ४५ हजार रुपैयाँ नोक्सानमा रहेको छ । गत आर्थिक वर्षको यसैअवधिमा कम्पनी२ १ लाख २२ हजार रुपैयाँ नोक्सानमा रहेको थियो । असोज मसान्तसम्म कम्पनीको नोक्सान घटेको छ ।
असोज मसान्तसम्ममा कम्पनीको अन्य आम्दानी ५ करोड ५ लाख ८८ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको यस्तो आम्दानी १७ लाख ९८ हजार रुपैयाँ रहेको थियो ।
कम्पनीको आयोजना सम्पन्नको अन्तिम चरणमा छ केहि समयपश्चात मात्र व्यापारिक उत्पादन सुरु हुने कम्पनीले जनाएको छ ।
कम्पनीको चुक्ता पुँजी ६३ करोड २६ लाख रुपैयाँ रहको छ भने जगेडा कोषमा १ करोड ६५ लाख रुपैयाँ ऋणात्मक छ । यसको प्रतिसेयर नेटवर्थ ९७ रुपैयाँ ३९ पैसा छ ।