गोरखा-२ बाट प्रचण्ड निर्वाचित

गोरखा क्षेत्र नं. २ बाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएका छन् । उनी १३ हजार भन्दा बढी मत अन्तरले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।प्रचण्डले २६ हजार १०३ मत पाएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी दोस्रो भए । नेकपा एमालेक उम्मेदवार अब्दुस मिया तेस्रो स्थानमा रहे ।

ads

प्रराष्ट्रिय स्वतन्त्र पार्टीका बुर्लाकोटीले १२ हजार ६३७ र एमाले उम्मेदवार अब्दुस मियाले ७ हजार ३९३ मत पाए । २०७४ को चुनाव चितवन क्षेत्र नम्बर ३ बाट जितेका उनले यसपटक गोरखा २ रोजेका थिए ।

Visa Travels