प्रिमियर इन्स्योरेन्सको लाभांश घोषणा, बोनस सेयर कति?

premier insurance

प्रिमियर इन्स्योरेन्सले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको कार्तिक २९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

ads

उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट पारित भई कम्पनीको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीलाई वितरण गरिनेछ।

हाल कम्पनीको चुक्तापूँजी १ अर्ब २२ करोड रहेको छ ।

Visa Travels