सिद्धार्थ इन्स्योरेन्सको लाभांश प्रस्ताव, बोनस तथा नगद लाभांश कति?

siddhartha insurance

सिद्धार्थ इन्स्योरेन्सले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको कार्तिक २९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट चुक्ता पूँजीको ९.४७३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

ads

उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट पारित भई कम्पनीको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीलाई वितरण गरिनेछ।

हाल कम्पनीको चुक्तापूँजी १ अर्ब २८ करोड रहेको छ ।

Visa Travels