सिद्धार्थ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीको नाफा ५.६५ प्रतिशतले घटेर ५ करोड १२ लाख ७५ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यसको नाफा ५ करोड ४३ लाख रुपैयाँ रहेको थियो ।
कम्पनीको खुद बिमा शुल्क आर्जन ३०.१५ प्रतिशतले बढेर असोज मसान्तसम्म ३९ करोड ८२ लाख ४३ हजार रुपैयाँ पुगेको छ ।
यसले भुक्तानी हुन बाँकी दाबी वापत ३० करोड ३० लाख व्यवस्था गरेको छ । गत वर्षको सोही अवधिमा उक्त दाबी ४० करोड ९८ लाख रुपैयाँ रहेको थियो । यता, नोक्सानीको लागि व्यवस्था गरिएको रकम ८७ लाख २७ हजार पुगेको छ ।
सिद्धार्थको चुक्ता पुँजी १ अर्ब २८ करोड ८० लाख रुपैयाँ पुगेको छ । यसको जगेडा कोष ३३.९६ प्रतिशतले घटेर २४ करोड २७ लाख रुपैयाँमा झरेको छ ।
बिमा कोषको आकार १८.२३ प्रतिशतले बढेर १ अर्ब २० करोड रुपैयाँ पुगेको छ । सिद्धार्थको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ९२ पैसा र प्रतिसेयर नेटवर्थ २२० रुपैयाँ ५५ पैसा रहेको छ ।