surya life insurance

सूर्या लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष२०७९/८० को पहिलो त्रैमाससम्मको वितीय विवरण सार्वजनिक गरेको छ । असोज मसान्तसम्म संस्थाको नाफामा उल्लेख्य वृद्धि भएको छ ।

सो अवधिसम्म कम्पनीको खुद नाफा ८२.५४ प्रतिशतले बढेर २० करोड ७३ लाख ५३ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा ११ करोड ३५ लाख रुपैयाँ रहेको थियो ।

असोज मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क आर्जन १३.३१ प्रतिशतले बढेर १ अर्ब २६ करोड ४९ लाख रुपैयाँ पुगेको छ ।
जीवन बीमा कोष २९.६५ प्रतिशतले बढेर १४ अर्ब ९२ करोड ५६ लाख रुपैयाँ पुगेको छ । असोज मसान्तसम्म जगेडा कोषमा ७१ करोड २२ लाख रुपैयाँजम्मा भएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ५५ करोड २ लाख रुपैयाँ रहेको छ । असोज मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ५२ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ २२ पैसा छ । यो हाल ज्योति लाइफ इन्स्योरेन्ससँग मर्जर प्रक्रियामा रहेको छ ।

Visa Travels