युनाईटेड इदी मर्दीको लाभांश घोषणा, साधारणसभा र बुक क्लोज मिति पनि तय

united idi mardi

युनाईटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक बर्ष २०७८/७९ को लागि लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर ७ गते बसेको सञ्चालक समिती बैठकले लाभांश प्रस्तावसहित साधारणसभा समेत आह्वान गरेको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको १०.५२६ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको हो ।

ads

कम्पनीले लाभांश परित सहित अन्य एजेन्डाहरु पारित गर्नका लागि मंसिर २९ गतेका लागि साधारणसभा आह्वान गरेको छ । कम्पनीको १३औँ साभारणसभा आभ्या क्लब घारिपाटन पोखरमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनार्थ मंसिर १६ गते १ दिनका लागि बुकक्लोज गर्ने निर्णय गरको छ । त्यसैले मंसिर १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र लाभांश र सभामा सहभागि हुन पाउनेछन् ।

Visa Travels