युनिभर्सल पावरको नाफामा उछाल, प्रतिसेयर आम्दानी कति ?

युनिभर्सल पावर कम्पनीले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । असोज मसान्तसम्म कम्पनीको नाफामा उल्लेख्य वृद्धि देखिएको छ ।

यस अवधिसम्ममा कम्पनीको खुद नाफा ३८४.२१ प्रतिशतले बढेर ६ करोड ४ लाख ५० हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसैअवधिमा कम्पनीको नाफा १ करोड २४ लाख ८४ हजार रुपैयाँ रहेको थियो ।

ads

असोज मसान्तसम्ममा कम्पनीको कुल आम्दानी १२ करोड ४८ लाख ६१ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको कुल आम्दानी १ करोड ३६ लाख ४९ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको सञ्चालन नाफा ७.३५ प्रतिशतले बढेर २ करोड १३ लाख रुपैयाँ पुगेको छ । गत वर्ष उक्त नाफा १ करोड ९८ लाख रुपैयाँ थियो ।

कम्पनीको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ रहको छ भने जगेडा कोषमा २२ करोड ५६ लाख रुपैयाँ सञ्चित छ। यसको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ५१ पैसा रहेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ ११० रुपैयाँ ७४ पैसा र मूल्य अनुपात आम्दानी १७.९८ गुणा छ ।

 

Visa Travels