unnati sahakarya laghubitta

उन्नति सहकार्य लघुवित्तले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । असोज मसान्तसम्म संस्थाको नाफामा गिरावट आएको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा लघुवित्तको खुद नाफा ८९.२६ प्रतिशतले घटेर ७ लाख ६७ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ७१ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यसअवधिमा संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेसँगै खुद नाफा प्रभावित भएको हो ।

खुद ब्याज आम्दानी ९.८१ प्रतिशतले घटेर ५ करोड ५४ लाख १० हजार रुपैयाँमा आएको छ । गत वर्षको सोही अवधिमा यस्तो नाफा ६ करोड १४ लाख ४० हजार रुपैयाँ रहेको थियो ।

सञ्चालन नाफा पनि ८९.२६ प्रतिशतले घटेर १० लाख ९६ हजार रुपैयाँमा सीमित भएको छ । असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी १ रुपैयाँ ३४ पैसा र प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ ७४ पैसा छ ।

हाल संस्थाको चुक्ता पुँजी २२ करोड ९० लाख रुपैयाँ रहेको संस्थाको जगेडा कोषमा ६ करोड ६७ लाख रुपैयाँ रहेको छ ।

Visa Travels