नेपालका विभिन्न हिमाल आरोहणका लागि गत नोभेम्बर महिनामा विभिन्न देशका एक हजार ४४१ जना विदेशीले अनुमति लिएका छन् ।

पर्यटन विभागको तथ्यांक अनुसार आरोहणको अनुमतिमा ९ करोड ३१ लाख ४ हजार रुपैयाँ रोयल्टी प्राप्त भएको छ जसमा एक हजार एक सय १० जना पुरुष र ३३१ जना महिला रहेका छन् ।

विभागका अनुसार हिमाल आरोहणमा अनुमति लिएकाहरुमा अमाडब्लमका लागि ४७५ जनाले, मनास्लु हिमालका लागि ४०४ जनाले अनुमति लिएका थिए । अमाडब्लम हिमाल आरोहणका लागि अनुमति लिएकाहरुबाट २ करोड ४९ लाख ९१ हजार ५२० रुपैयाँ रोयल्टी प्राप्त भएको छ ।  मनास्लु हिमाल आरोहणका लागि अनुमति लिएकाहरुबाट ४ करोड ६२ लाख ९१ हजार रुपैयाँ रोयल्टी संकलन भएको छ । त्यस्तै,  हिमलुङ हिमाल आरोहणका लागि १४१ जनाले अनुमति लिँदा ४४ लाख एक हजार १० रुपैयाँ रोयल्टी प्राप्त भएको विभागको तथ्यांकमा उल्लेख छ ।

Visa Travels