एसियन लाइफ इन्स्योरेन्सको बोनस सेयरधनीको डिम्याट खातामा

asian life insurance

एसियन लाइफ इन्स्योरेन्सले १४.५० प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा पठाउन थालेको छ ।

कम्पनीले गत असोज ३ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीको बोनस सेयर खातामा पठाइदिएको हो । तर, अहिलेसम्म पनि सेयर अभौतिकीकरण नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र अभौतिकीकरण गराउन पनि कम्पनीले आग्रह गरेको छ ।

ads

एसियनको असोज १३ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट १४.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

Visa Travels