मंगलबार सुचिकृत तीन कम्पनीले गर्यो लाभांश प्रस्ताव

नेप्सेमा सुचिकृत तीन कम्पनीले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । एनएमबि बैंक, साना किसान लघुवित्त र आरएमडिसी लघुवित्तले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।

एनएमबि बैैंकको मंसिर १९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट चुक्ता पूँजीको ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

ads

त्यसैगरी साना किसान विकास लघुवित्त वित्तीय संस्थाले मंसिर १९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट चुक्ता पूँजी १ अर्ब ५६ करोडको २६ प्रतिशत बोनस सेयर र १.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

त्यस्तै, आरएमडिसी लघुवित्त वित्तीय संस्थाले मंसिर १९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट चुक्ता पूँजीको २६ प्रतिशत बोनस सेयर र १.३७८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट पारित भई कम्पनीको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीलाई वितरण गरिनेछ।

Visa Travels