siddhartha bank

सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०७८ /७९ का लागि लाभांश घोषणा गरेको छ ।

बैंकले सो आर्थिक वर्षको वितरणयोग्य नाफाबाट चुक्तापूँजीको १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकको मंगलबार बसेको संचालक समितिको बैठकले सेयरधनीलाई १२.५० प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागि समेत गरी ०.६६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

Visa Travels