मोलुङ्ग हाइड्रोपावरले आइपिओ जारी गर्ने, बोर्डबाट पायो अनुमति

molung hydropower

मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा आईपीओ शेयर बिक्री निष्काशन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई मंसिर १५ गते बिहीबार सेयर निष्कासशन गर्न अनुमति दिएको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका ३५ करोड ३१ लाख रुपैयाँ मूल्य बराबरको ३५ लाख ३१ हजर कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको छ ।

ads

बोर्डबाट अनुमति पाएसँगै कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्नेछ भने दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

Visa Travels