काठमाण्डौ । मर्जर प्रयोजनका लागि रोक्का रहेका थप दुई कम्पनीको सेयर कारोबार फुकुवा भएको छ। नेपाल स्टक एक्सचेन्जको आज मंसिर २१ गतेको निर्णय बमोजिम समिट लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा भएको हो।
दुवै कम्पनीको आधारभूत सेयरधनीहरुको बाहेक अन्य सेयरधनीहरुको सेयर कारोबार फुकुवा भएको छ। अब यी दुवै कम्पनीको सेयर कारोबार आउँदा आइतबार खुल्नेछ।