sebon

धितोपत्र बोर्डले रिडी हाइड्रोपावरका अध्यक्ष गुरुप्रसाद न्यौपानेलाई कारबाही गर्ने निर्णय गरेको छ । न्यौपानेले आफू अध्यक्ष रहेको बेला कम्पनीको सेयर किनबेच गरेका थिए ।

उनले २०७७ चैतदेखि २०७८ भदौ पहिलो सातासम्म कम्पनीको शेयर किनबेच गरेका थिए । बोर्ड स्रोतका अनुसार न्यौपानेलाई ७५ हजार रुपैयाँ जरीवाना गर्दै १० वर्षसम्म कुनै पनि पब्लिक कम्पनीको सञ्चालक, महाप्रबन्धक वा सो सरहको पदमा रहन नपाउने गरी कारबाही गरिएको छ ।  साथै यी पदमा रहने व्यक्तिले आफ्नै वा आफ्नो स्वामित्व रहेको फर्म, परिवारको नाममा रहेको शेयरसमेत किनबेच गर्न पाउँदैनन् ।

Visa Travels