terhathum power

तेह्रथुम पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण सार्वजनिक गरेको छ ।

पुस मसान्तसम्म आईपुग्दा संस्थाले ६ लाख ६२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९६.१४ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले १ करोड ७१ लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी घटेर २ करोड ७८ लाख ५८ हजार रुपैयाँमा खुम्चिएको छ । गत वर्ष यही अवधिमा कम्पनीले २ करोड ८४ लाख रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेको थियो।

चुक्तापुँजी ४० करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ९ करोड ७५ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

कम्पनीको प्रतिसेयर आम्दानीमा पनि भारी गिरावट आएको छ । अघिल्लो वर्ष ८.५९ रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी अहिले ०.३३ रुपैयाँमा खुम्चिएको छ । प्रतिसेयर नेटवर्थ ७६ रुपैयाँ रहेको कम्पनीको मूल्य अनुपात आम्दानी १२२३ गुणा रहेको छ ।

Visa Travels